काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो बनेको र त्यहाँ सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको बताए । कतै यो विधेयक पास हुने त होइन भनेर ती युवामा संशय रहेको बताउँदै रास्वपालाई भ्रष्टाचरको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने उनको भनाई छ ।
भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैनः सभापति रवि लामिछाने