Wednesday, August 06, 2025

२०८२ श्रावण २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्र चलायमान बनाउनका लागि समस्याहरु हटाउँदै गएका छौंःअर्थमन्त्री महत


अर्थतन्त्र चलायमान बनाउनका लागि समस्याहरु हटाउँदै गएका छौंःअर्थमन्त्री महत

काठमाडौं, असोज ४। अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउनका लागि देखिएका समस्याहरु सरकारले हटाउँदै गएको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षा कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन स्रोत पनि अहिले जुटेकाले समस्या समाधान हुँदै जाने दाबी गरे ।

समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन, सरकारले समस्या हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्’ उनले भने । हाल पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति तथा विप्रेषण बढिरहेकाले अर्थतन्त्रमा स्रोतको उपलब्धता भए पनि चलायमान हुन नसकेको उनले स्वीकार गरे ।

हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं, बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन् भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ’ महतले भने । भएको स्रोत परिचालन गर्दा अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ।

कोषले हाल ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेकोमा महतले प्रसंसा गरे । जुनसुकै लगानीमा पनि जोखिम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न कर्जा सुरक्षण कोषको भूमिका महत्त्वपूर्ण भएको उनले बताएका छन् ।