Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति राजेन्द्र बजगाईंले फिर्ता लिए


मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति राजेन्द्र बजगाईंले फिर्ता लिए

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गरेका छन् । बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुङ्गानासँग छलफल भयो’, बजगाईंले लेखेका छन्, ‘मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्राथी छु ।’सांसद बजगाईंले मन्त्री पाण्डेमाथि भैरहवाको एक क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप लगाएका थिए ।