Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१९ अंक घट्यो सेयर बजार


१९ अंक घट्यो सेयर बजार

काठमाडौं, भदौ २६ । सेयर बजारको परिसूचक नेप्से १९.४२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँमा खुम्चियो ।३३ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ४ को स्थिर रहृयो ।

सबैजसो उपसमूहका सूचक घटेका छन् । जसमध्य बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंक घटे ।शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको ७, अपर स्याङ्जेको ६ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपारको १० प्रतिशत मूल्य घट्दा सुपर मादीको ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहेका छन् ।