Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यः १ लाख ५० हजारमाथि


सुनको मूल्यः १ लाख ५० हजारमाथि

काठमाडौं । सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ कायम रहेको छ । चाँदीको भाउ भने यस दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार भने सुनको भाउमा सामान्य गिरावट भएको थियो ।

मंगलबार हालसम्मकै महंगो मूल्यमा खरिदबिक्री भएको सुन बुधबार ३०० रुपैयाँले घटेको थियो । मंगलबार सुनको भाउ तोलाकै एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । बिहीबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ७४० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि, बुधबार चाँदीको मूल्य सस्तिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख ७३५ रुपैयाँमा झरेको थियो ।