Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक तथा वित्तीय संस्थाबाट अब दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने


बैंक तथा वित्तीय संस्थाबाट अब दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने

काठमाडौं, असोज २। नेपाल राष्ट्र बैंकले आवसीय प्रयोजकका लागि पहिलो पटक घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको बताएको छ।

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकमार्फत् जारी सन्देशमा भनिएको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण,खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्न सक्दछन् । ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्दछ ।’