काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते)बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो । लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो । आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन् ।
महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने