काठमाडौं । सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घटेको छ, भने चाँदी तोलामा ५५ रुपैयाँ घटेको हो। बुधबार तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात बुधबार, चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।