Tuesday, July 22, 2025

२०८२ श्रावण ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा निष्पक्ष छानबिन गर्न गगन थापाको माग [भिडिओ सहित]


गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा निष्पक्ष छानबिन गर्न गगन थापाको माग [भिडिओ सहित]

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका व्यक्त गरे ।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ ।

मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।’ उनले भने, ‘तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’