Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले आइफोन प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक


चीनले आइफोन प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक

काठमाडौं, भदौ २२ । चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको हो। उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ।

सोही नीति अनुसार चीनले सरकारी निकायहरूमा आइफोन लगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको छ । उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २.९ प्रतिशतले गिरावट आएको छ। बिहीबार एप्पलको सेयरमा यस्तो गिरावट आएको सिएनएनले बताएको छ। विश्वको निकै महत्वपूर्ण सार्वजनिक कम्पनीको यस्तो विषय बाहिरिएसँगै लगानीकहरूर्ता चिन्तित देखिएको उल्लेख छ।

चीनले आइफोन प्रतिबन्ध लगाउने हो भने एप्पलका लागि निकै ठूलो घाटा पुग्ने भएको छ। चीन आइफोनको निकै ठूलो बजार हो। चीनमा भएको बिक्रीले गत वर्ष कम्पनीको कुल राजस्वको पाँचौ हिस्सा ओगटेको थियो। पछिल्लो त्रैमासिकमा पनि अमेरिकामा भन्दा चीनमा धेरै आइफोन बिक्री भएको थियो। एप्पलले आफ्ना अधिकांश उत्पादनहरू चिनियाँ कारखानाहरूमा उत्पादन गर्दै आएको छ।