Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआइसी एसियाको बैंकले तीन अठोट कर्जा योजना ल्यायो


एनआइसी एसियाको बैंकले तीन अठोट कर्जा योजना ल्यायो

काठमाडौं, श्रावण २८ । एनआइसी एसिया बैंकले अठोट घरकर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा सार्वजनिक सञ्चालन गरेको छ । बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घरकर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको योजनाअन्तर्गत निजी आवासीय घर खरिद गर्न, अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न, मर्मत तथा तला थप्न यो योजना ल्याइएको हो ।

त्यस्तै, अठोट साना व्यवसाय कर्जामा २५ लाखदेखि ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । त्यसैगरी, बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रूपमा नवीकरण गर्न सकिने) भएको छ ।