काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ—तराई—मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा चासो देखाएका छन् । मन्त्री दाहालले शनिबार द्रुतमार्गको सुरुविन्दु खोकनादेखि बुंगमती हुँदै फसिडोलसम्मको निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताएका हुन । सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र अस्थाहरूको संरक्षण गर्दै निकास निकाल्नु पर्नेमा जोड दिए ।
काठमाडौँ—तराई—मधेश द्रुतमार्ग निर्माणमा यातायातमन्त्री देवेन्द्र दाहालको चासो