Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव कार्की र पूर्वसहसचिव गुरुङ


विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव कार्की र पूर्वसहसचिव गुरुङ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिसकेको जनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट कार्की र गुरुङलाई प्राधिकरणको सञ्चालक समितिका सदस्यमा शुक्रबार नै नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । कार्की पूर्वउर्जा तथा भौतिक सचिव हुन् । गुरुङ विद्युत् विकास विभागको पूर्वमहानिर्देशक र पञ्चेश्वर विकास प्राधिकरणका सीईओ थिए । गुरुङलाई उपभोक्ताका तर्फबाट र कार्कीलाई उर्जा विज्ञका रुपमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार नै प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको थियो । आचार्य र पुनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका थिए ।

डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।