काठमाडौं । सत्तासमीकरणमा फेरबदल भएपछि आज नयाँ सत्तासमीकरण सहितको प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बैठक तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ । २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१—८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।