Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने र पूर्वडीआईजी जोशी संसदीय छानबिन विशेष समितिमा

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छा...


पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछाने र पूर्वडीआईजी जोशी संसदीय छानबिन विशेष समितिमा

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धीत रवि लामिछाने सहितका केहि व्यक्तीहरुसँग शोधपुछ गर्ने भएको छ । समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग शोधपुछ गर्ने भएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । त्यस्तै जोशीलाई पनि गोरखा मिडियाको सञ्चालकको हैसियतमा शोधपुछकालागि बिहान ११ बजे र लामिछानेलाई दिउँसो २ बजेको बोलाइएको छ । समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो ।

विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए । सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा पैसा लिएर अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख, बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।