काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनास्थल पुगेर निरिक्षण गरेका छन् । दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन । प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न केएमसी अस्पताल जाँदैछन्। प्रधानमन्त्री ओलीले दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई छलफलका लागि बोलाइएको बताइएको छ । प्रधानमन्त्रीसँगै गृहमन्त्री रमेश लेखक पनि दुर्घटनास्थल पुगेका थिए । यसै गरी तीनै सुरक्षा निकायका प्रमुख पनि दुर्घटनास्थल पुगेका छन् ।
विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र तीनै सुरक्षा निकायमा प्रमुख