Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया भदौ १४ गतेदेखि सुरु हुने


प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया भदौ १४ गतेदेखि सुरु हुने

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मङ्गलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने कार्य योजना पारित गरेको हो ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्य योजना तय भएको जानकारी दिए । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ । समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोली समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।