Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रोयल इन्फिल्ड एसेम्ब प्लान्ट मोटरसाइकल मल्य घट्यो


रोयल इन्फिल्ड एसेम्ब प्लान्ट मोटरसाइकल मल्य घट्यो

काठमाडौं । रोयल इन्फिल्डले नेपालमा नै मोटरसाइकल पूर्ण एसेम्बल गर्न सकिने गरी सीकेडी युनिट सञ्चालनमा ल्याएको छ । नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा रोयल इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिट स्थापना गरेको हो । यस प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्न सकिने कम्पनीले बताएको छ ।

नेपालमा एसेम्बल प्लान्ट स्थापना भएसँगै मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक गरिएको छ । कम्पनीले यसअघि करिब ६ लाख ४० हजारमा बिक्री गरिरहेको क्लासिक ३५० मोटरसाइकलको मूल्य ४ लाख ९९ हजारमा झारेको छ । प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगञ्जमा १ लाख वर्गफिटमा फैलिएको आधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार भएसँगै नेपालको बढ्दो माग पूरा गर्न सहज हुने कम्पनीको भनाइ छ ।

यस युनिटबाट विशेषगरी नेपाली बजारका लागि क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ । यी बाइक शुक्रबार सार्वजनिक पनि गरिएका थिए । प्लान्टमा हाल मध्यम आकारको २५० सीसी–७५० सीसी का मोटरसाइकल एसेम्बल हुने गरेको कम्पनीले बताएको छ ।