Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२५ लाख भान्दा कमका गाडीमा कर्जा जोखिमभार घट्यो


२५ लाख भान्दा कमका गाडीमा कर्जा जोखिमभार घट्यो

काठमाडौं, श्रावण १२ । २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारीसाधनको कर्जामा जोखिम घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको ऊक्त व्यवस्था कार्यान्वयनका लागि शुक्रबार परिपत्र जारी गर्दै २५ लाखमुनिका गाडीमा कर्जा जोखिमभार १५० बाट घटाएर १०० प्रतिशत कायम गरेको हो।

यसले सस्ता गाडीमा कर्जा प्रोत्साहन हुनेछ भने महँगा गाडीमा निरुत्साहन गर्न खोजिएको छ । यसअघि सबै मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत थियो । साना मूल्यका हायर पर्चेज कबाइल्स एसोसिएसन अफ नेपालले बताएको छ। नाडाका अध्यक्ष ध्रुब थापाले पैसाको सीमा तोक्नु गलत रहेको कुरा मौद्रिक नीति आउनासाथ प्रतिक्रिया दिएका थिए ।

कर्जाको जोखिम भार पुनरावलोकन गर्ने भन्दै मौद्रिक नीतिमा आएको विषय सकारात्मक भए पनि पैसाको सीमा तोक्ने विषय व्यावहारिक नभएको नाडा अटोमो । पेट्रोलियम निजी सवारीका हकमा कुल मूल्यको ५० प्रतिशत र विद्युतीय गाडीका हकमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ ।