Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं—रुम्जाटार उडान पुनः सुरु


काठमाडौं—रुम्जाटार उडान पुनः सुरु

काठमाडौँ । बाढीपहिरोले सडक यातायात अवरुद्ध भएको बेला काठमाडौं—रुम्जाटार उडान पुनः सुरु भएको छ । २०७६ देखि ओखलढुंगाको रुम्जाटार विमानस्थल सञ्चालनमा थिएन । काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आइतबारदेखि उडान सुरु भएको हो ।

सातामा दुई दिन उडान गर्ने गरी हाल रुम्जाटरमा विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।  दुवै एयरलाइन्सका १९ सिट भएका विमानले रुम्जाटार विमानस्थलमा उडान भर्ने भएका हुन् । यो विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्ने तयारी स्वरुप उठान पुनः सञ्चालन गरिएको बताइएको छ ।

असोज ११ र १२ को अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौंबाट काभ्रे, सिन्धुली हुँदै ओखलढुंगा जाने विपी राजमार्ग लगायतका सडक अवरुद्ध भएपछि रुम्जाटार विमानस्थलमा उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले समिट एयर र नेपाल एयरलाइन्सलाई अनुमति दिएको थियो । काठमाडौं—रुम्जाटार भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय भाडादर कायम गरिएको छ ।