Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

झरीलाई बेवास्ता गर्दै सहकारी पीडित सडकमा


झरीलाई बेवास्ता गर्दै सहकारी पीडित सडकमा

काठमाडौँ । सहकारी संस्थाहरुले बचत फिर्ता नगरेको विरोधमा आज काठमाडौंमा सहकारी पीडितले प्रर्दशन गरेका छन् । आज दिनभर जसो काठमाडौं उपत्यकामा परेको झरीलाई बेवास्ता गर्दै सहकारी पीडितले प्रदर्शन गरेका हुन । पानी परिरहेकै समयमा उनीहरुले छाता ओढेर सडकमा प्रदर्शन गरेका थिए । प्रदर्शनसहितको र्‍याली रत्नपार्क शान्तिबाटिकादेखि सिंहदरबार गेट हुँदै भद्रकाली पुगेको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि भद्रकालीमा क्षेत्रमा केहीबेर प्रहरीसँग झडपको अबस्था भएको थियो । उनिहरुले विभिन्न नारा सहित प्रर्दशनमा उत्रिएका थिए । यता सहकारी समस्याका विषयमा सरकार र सम्बन्धीत निकायले काम गरिरहेका छन् । ठुला सहकारी संस्थाहरुले ठुलो रकम अपचलन गरेपछि कयौं सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

फोटोःकान्तिपुर