Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज


दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् ।

यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ । त्यस्तै श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे के आर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपति निर्माण सेवा र ई–मरिण ठाकुर निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स समेत रद्द भएको भौतिक मन्त्रालयले जनाएको छ ।

https://www.mopit.gov.np/noticefiles/%E0%A4%96%E0%A4%BE%E0%A4%B0%E0%A5%87%E0%A4%9C%E0%A5%80-%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6-1720066910.pdf