Friday, September 19, 2025

२०८२ आश्विन ३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समृद्धि फाइनान्सका ग्राहकहरुलाई मेघा हस्पिटलमा भारी छुट


समृद्धि फाइनान्सका ग्राहकहरुलाई मेघा हस्पिटलमा भारी छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मेघा हस्पिटल प्रा.लि. सानेपा, काठमाण्डौसँग समझदारी गरेको छ ।

विहिबार भएको उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटल प्रा।लि सानेपा, काठमाण्डौ मा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३०५ र फार्मेसीमा १५५ छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रा.लिका तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।