Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना


नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना

काठमाडौं, असोज ८। नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना सुरु गरेको छ। सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयुक्त रुपमा रिबन काटी कल सेन्टरको उद्घाटन गरे। सो कार्यक्रमलाई सम्बोधन गर्दै बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहक बीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताएका छन्।

यसैगरी कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरू सँग जोडिएर काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे। ०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ। हाल बैंकले २२८ शाखा, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टरद्वारा करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुगाइरहेको छ।