Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘हिमालयन जाभा’ कुलेश्वरमा सडक पेटीको ‘ब्लक’ गमला ‘स्टेन’, सरकारी सम्पत्तिको चरम दुरुपयोग


‘हिमालयन जाभा’ कुलेश्वरमा सडक पेटीको ‘ब्लक’ गमला ‘स्टेन’, सरकारी सम्पत्तिको चरम दुरुपयोग

काठमाडौं । काठमाडौंमा कफी खाना मन लागे कहाँ जानुहुन्छ ? वा कफी भन्ने वित्तिकै तपाईलाई कस्को र कुन ठाउँको याद आउछ ? पक्कैपनि हिमालयन जाभा ? अर्थात गगन प्रधानले सञ्चालन गरेको नेपाली कफीको स्वाद दिने एक मात्रै भनि दावि गरिएको ‘हिमालयन जाभा’नै सबैको मनमा आउँछ    होला । हो नेपाली समाजको कफी र त्यसको स्वादलाई थप मिठास बनाइरहेका गगन प्रधान र उनको हिमालयन जाभाले सरकारी सम्पत्तिलाई प्रष्ट देखिनेगरि दुरुपयोग गरिरहेको देख्दा हामीलाई अचम्म लाग्यो ।


शान्त वातावरण र काठमाडौं उपत्यकाका मूख्य स्थानमा ‘फेन्चाइज’का रुपमा सञ्चालन भएको ‘हिमालयन जाभा’ले प्रदानगर्ने नेपाली स्वादलाई सबैले रुचाएका छन् । तर, सोहि ‘हिमालयन जाभा’ले सरकारी सम्पत्तिको दुरुपयोग गरेको देख्दा भने हामीले रुचाउन सकेनौं । काठमाडौं महानगरपालिको व्यस्त मध्येको एउटा स्थान कालिमाटि आडैमा पर्ने कुलेश्वरमा हालै सञ्चालनमा रहेको ‘हिमालयन जाभा’ले सरकारी सम्पत्तिको दुरुपयोग गरेको भेटिएको हो । गगन प्रधानले आफ्नो क्याफे ‘हिमालयन जाभा’मा सडक विभागले सडक पेटी निर्माणमा प्रयोग गर्ने ‘ब्लक’ अर्थात सिमेन्टको ढिक्कोलाई ल्याएर क्याफेमा गमला राख्ने ‘स्टेन’ बनाएका छन् ।


उनले यो जानेर गरे वा अञ्जानमा तर हिमालयन जाभा जस्तो चर्चीत संस्थाले यसरी सरकारी सम्पत्तिको दुरुपयोग गरेको हाम्रो होइन । यस विषयमा सम्बन्धित निकायको ध्याना जान जरुरी छ । यस विषयमा काठमाडौं महानगरपालिका, सडक विभाग र सम्बन्धीत निकायको ध्यानाकर्षण आवश्यक छ । हामीले कपी हाउसले प्रयोग गरेको ब्लक कतै उनैकै त होइन भनेर त्यहा आसवासमा रहेका अन्य ब्लकलाई हेर्दा भरखरै त्यहाँ सडक मर्मत भएको र त्यसमा प्रयोग भएको ब्लक र उनले क्याफेमा प्रयोग गरेको ब्लक एउटै भएको पाइएको हो ।