Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीको समसामायिक विषयमा राष्ट्रिय सहकारी महासंघद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण


सहकारीको समसामायिक विषयमा राष्ट्रिय सहकारी महासंघद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सहकारी संस्थामाथि बढ्दो आक्रमण तथा बचत फिर्ताको ताकेता र सहकारीको समसामायिक अवस्थाका विषयमा राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएकी हुन । महासंघका अध्यक्ष मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि राज्यबाट तत्काल सम्बोधनको माग गरिन ।

सहकारीलाई सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने लगाएतका सुझाव दिएकी थिइन । अध्यक्ष मल्लले सहकारी संस्थामाथि भ्रम फैलाउने, सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुस्प्रचार गर्ने र सहकारी सञ्चालक र उनका परिवारलाई मौतिक आक्रमणको प्रयास गर्ने जस्ता क्रियाकलाप बढेको बताएकी थिइन । अध्यक्ष मल्लले सहकारीको पुँजी परिचालन गर्नका लागि आवश्यक ऐन संशोधन गर्न माग गरेकी थिएन ।