Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

'टेक एण्ड पे'मा आत्तिहाल्नु पर्दैनः प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य


'टेक एण्ड पे'मा आत्तिहाल्नु पर्दैनः प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले टेक एण्ड पे का विषयमा नआत्तिन आग्रह गरेका छन् । सो हटाउन चरणबद्ध आन्दोलन गरिरहेका बेला उनले यसबाट नआत्तिन निजी क्षेत्रका उत्पादकलाई आग्रह गरेका छन् ।

शनिवार विहान केही पत्रकारसँगको अनौपचारिक छलफलमा शाक्यलाई समेत इप्पानको एसएमएस आएको थियो । टेक एण्ड पे हटाउने एसएमएस इप्पानले प्रधानमन्त्रीदेखि प्राधिकरणका एमडीसम्मलाई एकैपटक पठाएका थिए ।

अहिले विरोध भइरहेको टेक एण्ड पे शब्दप्रति प्राधिकरणको पनि विमति रहेको शाक्यले बताए । उनले अहिले पनि टेक एण्ड पे व्यवहारमा कायमै रहेको भन्दै बजेट भाषणमा शब्द नमिल्दा निजी क्षेत्रका उत्पादकमा आशंका उत्पन्न भएको उनको भनाइ थियो ।