काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको जनाइएको छ । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो । यसबारे सञ्चालक समितिमा छलफल गर्न थप समय चाहिने भएपछि पछि सरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएको बताइएको छ ।
मौद्रिक नीति रोकियो