Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पुनः पक्राउ


ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पुनः पक्राउ

काठमाडौँ । हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ भन्ने सूर्यमान शङ्कर १० महिनामा दोस्रो पटक पक्राउ परेका छन् । २०८० कात्तिक १४ मा जुवा खालबाट पक्राउ परेका इकु मंगलबार पुनः हात्तिगौंडाबाट ठगी आरोपमा पक्राउ परेका हुन् ।

मैतीदेवीस्थित जुवा खालमा उनी जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका थिए । त्यसबेला प्रहरी वृत्त सिंहदरबारको टोलीले खालबाट १ लाख ९० हजार नगद बरामद गरेर उनी सहितका जुवाडेहरूलाई मुद्दा चलाएको थियो । मैतीदेवीमा रहेको डान्सबारमा उनीहरुले जुवा खेलेका थिए ।

यसपटक क्यानडा, अस्ट्रेलिया र कोरिया पठाउँछु भनेर रकम असुलेर ठगेको आरोपमा उनी पक्राउ परेका हुन् । ललितपुरको धापाखोल घर भएर धुम्बाराही बस्ने ४० वर्षीय इकुलाई भदौ २५ मा बुढानीलकण्ठबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीले बताए । उनले भने, ‘आरोपीले युरोपियन मुलुक पठाउने सपना देखाएर ४ जनासँग १७ लाख असुलेको भेटिएको छ ।’

जिल्ला अदालत काठमाडौँले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । इकुविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए । ४ जना पीडितहरूमध्ये उनले एक जनासँग ९ लाख रकम लिएको भेटिएको छ । ‘प्रक्रिया खर्च’ को नाममा उनले ४ लाख, २ लाख र १ लाख रकम लिएर सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ ।

विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा ‘कलाकार भिषा’ मा पठाउँछु भनेर इकुले रकम असुले प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । कमर्सियल बैंकको ‘ब्यालेन्स सिट’ लगायतका कागजात उनले नक्कली बनाउने गरेको भेटिएको छ । प्रहरी उपरीक्षक बोगटी भन्छन्, ‘उनले बनाएको कमर्सियल बैंकको नक्कली कागजात फेला परेको छ ।’

उनले काठमाडौँमा एसएमएस फिल्मस् प्रालि नामको कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीको खातामा उनले पीडितहरूलाई रकम जम्मा गर्न लगाएर सम्पर्क विहीन भएको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन् ।