Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने प्रक्रिया अघि बढ्यो


सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । सरकारले तोकिएका योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन पाउने गरी सूचना निकालेको छ ।

कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछ । सरकारी सेवामा सहसचिव वा सो सरह वा सो भन्दा माथि वा सार्वजनिक संगठित संस्था वा निकायमा दशौं तह वा सो भन्दा माथि वा कानुन बमोजिम दर्ता भएको वा कम्पनीरसंस्थामा कार्यकारी निर्देशक वा प्रबन्ध निर्देशक वा सो भन्दा माथिको कार्यकारी पदमा रही काम गरेको अनुभव व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको व्यक्ति समेत यसमा आवेदक बन्न पाउनेछ ।

कार्यकारी निर्देशक बन्न भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको, भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, संगठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति हुनुपर्नेछ । कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको समेत हुनुपर्नेछ ।

दरखास्त दिँदा कम्तिमा ३ हजारदेखि बढीमा ५ हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना पनि माग गरिएको छ । आवेदकले पेस गरेको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि सिफारिस गर्ने तालिका छ । स्वीकृत कार्यविधि अनुसार दरखास्त साथ उम्मेदवारले स्वःघोषणा समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।