Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्मचारी विदामा हुँदा आयात निर्यात कामहरु ठप्प


कर्मचारी विदामा हुँदा आयात निर्यात कामहरु ठप्प

काठमाडौं, भदौ २४ । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय र टुर मुकाम मोहनामा कर्मचारी विदामा हुँदा आयात निर्यात कामहरु ठप्प भएका छन्। सो कार्यालयका बाली संरक्षण बिदामा छन् । यस भन्सार कार्यालयबाट आयात निर्यात हुने फलफूल, तरकारी, खाद्यान्नको आयात र जडीबुटीको निर्यात एक महिनादेखि ठप्प भएको हो।

ठगुन्नाले अध्ययनका लागि भन्दै साउन २८ बाट एक महिनाको बिदा लिएका छन्। उनले अध्ययनको सिलसिलामा पानामा पुग्नुभएको बताइएको छ। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गरेपछि मात्रै भित्रिन दिने गरिएको छ। यसै गरी नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ताको पनि सोही कार्यालयले जाँच गर्ने गरेको छ तर बाली संरक्षण अधिकृत नहुँदा एक महिनादेखि आयात निर्यात ठप्प भएको सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी दलबहादुर ऐरले बताए।

मुख्य कार्यालय गड्डाचौकी मातहतको सो कार्यालयमा अधिकृत ठगुन्ना र कार्यालय सहयोगी ऐर गरी दुई जना मात्रै कर्मचारी कार्यरत छन्। हाकिम नभएपछि क्वारेन्टाइन कार्यालयबाट हुने काम रोकिएको कार्यालय सहयोगी ऐरले बताए। आयात रोकिँदा दाना उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएको छ। कच्चा पदार्थको अभावमा उद्योग समस्यामा परेको विवेक पोल्ट्री फर्म एवं दाना उद्योगका सञ्चालक विवेक भट्टले बताए।

उनका अनुसार क्वारेन्टाइन कार्यालयमा जाँच रोकिँदा खाद्यान्नसहित दाना बनाउने कच्चा पदार्थ बोकेका गाडी पारि भारतमै रोकिएका छन्। अर्को कर्मचारी पठाएर भए पनि क्वारेन्टाइनको काम सञ्चालन गर्नुपर्ने स्थानीय व्यापारीको माग छ। क्वारेन्टाइन कार्यालयको काम एक महिनादेखि ठप्प हुँदा पनि अर्को कर्मचारी नपठाउनु हदैसम्मको लापरबाही भएको आरोप व्यापारीहरूको छ।