Sunday, November 02, 2025

२०८२ कार्तिक १७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा गिरावट


सेयर बजारमा गिरावट

काठमाडौं, श्रावण ३१ । सेयर बजारमा गिरावट हुने क्रम जारी भएको छ। मंगलबार करिब ३२ अंकले घटेको नेप्से परिसूचक बुधबार २०.३१ अंकले घटेको हो। बजार २ हजार २५.१२ बिन्दुमा कायम भएर कारोबार बन्द भएको छ। जसमध्ये आज दुई सय ६९ कम्पनीका ४८ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्सेका सबै समूहमा गिरावट आएको छ। हाइड्रोपावर समूह सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ। त्यसैगरी, फाइनान्स, माइक्रोफाइनान्स, म्युचल फन्ड, व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूहमा पनि एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ। घटेको बजारमा आज ३४ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि भएको छ। जसमध्ये सबैभन्दा धेरै बढेको सनराइज फोकस्ड इक्विटी फन्डको मूल्य ४ प्रतिशतले वृद्धि भयो। तर, माउन्टेन हाइड्रो नेपाल ८.०६ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर तथा कन्स्ट्रक्सनको सेयर मूल्य ८.०३ प्रतिशतले घटेको छ।