Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कस्तो छ नेपालमा हालै बुकिङ खुलेको इलेक्ट्रिक गाडी


कस्तो छ नेपालमा हालै बुकिङ खुलेको इलेक्ट्रिक गाडी

काठमाडौं । केहि हप्ता भित्रै नेपाली बजारमा ओरा ३ गाडी ल्याउने गरी ग्रेटवाल मोटर्सले तयारी गरेको छ । नेपाली विद्युतीय प्यासेन्जर गाडी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धी भित्रिने भएको छ । हाल कम्पनीले ओरा ब्राण्डको इलेक्ट्रिक ह्याचव्याक कार ओरा– ०३को बुकिङ खुल्ला गरेको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्सले ४७ लाख ४९ हजार मूल्य तोकेर यसको बुकिङ लिइरहेको छ । योसँगै नेपाली विद्युतीय गाडी ब्रान्डमा नयाँ प्लेयर भित्रिने भएको छ।

जीडब्लूएम ओरा ०३ एक ग्लोबल मोडलको रुपमा परिचित छ। यस अघि नै चीन,थाइल्याण्ड,मलेसिया,बेलायत,जर्मनी, अष्ट्रेलिया र न्यूजिल्याण्डमा विभिन्न मोडल सहित यो गाडी बिक्री सुरू भइसकेको छ । हाल कम्पनीले नेपाल ल्याउने तयारी गरेको छ । नेपालमा ओरा ०३ एक भेरियन्टमा उपलब्ध हुने कम्पनीले बताएको छ । ओरा–०३ मा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । यसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।

यो कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर उपलब्ध छ भने यो गाडीले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्छ । बाहिरी भाग हेर्दा जति आकर्षक देखिन्छ इन्टेरियर झनै रामाञ्चक बनाइएको छ । आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचान योग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउने कम्पनीको दाबी छ । अगाडि,गोलो फुल एलईडी हेडलाइट,सर्कुलर डेटाइम रनिङ्ग लाइटहरू यो गाडीको उत्कृष्ट डिजाइन हो । यो गाडीको भित्री भागमा लेदरेटको व्यापक प्रयोगको गरिएको छ ।

ओरा ०३ मा डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानल लगाएतका सुविधा दिइएको छ । त्यसैगरी ओरा ०३ मा ७ एयरब्याग,एबीएसको साथमा ईबीडी,इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ईसीएस,ट्र्याक्सन कन्ट्रोल सिस्टम तीसीएस,इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड लगाएतका फिचर उपलब्ध छन ।

त्यस्तै फ्रन्ट कोलिसन वार्निङ,अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू दिइएको छ । यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा दिइएको यो गाडीमा ठूलो र फराकिलो केबिन, पानोरामिक सनरुफ,लेदर सिट,ट–वे ड्राइभर पावर सिट,अटोमेटिक एयर कन्डिसनर,एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडल लगायतका सुविधाहरू रहेको कम्पनीले बताएको छ ।