Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

निर्माणको अन्तिम चरणमा अस्पतालको ५० शय्याको पक्की भवन अलपत्र, ठेकेदार कम्पनीका प्रतिनिधिका मोबाइल नै अफ


निर्माणको अन्तिम चरणमा अस्पतालको ५० शय्याको पक्की भवन अलपत्र, ठेकेदार कम्पनीका प्रतिनिधिका मोबाइल नै अफ

खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो ।

संघीय सरकारको नीति तथा कार्यक्रम अनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो । गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छ”, उनले भने ।

विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न विसं २०७८ असार २४ गते निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले ३० महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस २४ गते नै सकिएको हो ।

निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ । लम्बाइ ४० मिटर र चौडाइ २० दशमलव पाँच मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो ।

रोकिएको कामलाई निरन्तरता दिन पटक–पटक फोन गर्दा ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम कटवालको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउछन् ।