काठमाडौँ । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज सहयोग रकम हस्तान्तरण गरेका छन् । कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटि बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गरेका हुन । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरिन ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घको दुई करोड सहयोग