काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गर्दा विद्यार्थी संगठनले विरोध गरेका छन् । शुल्कवृद्धिको विरोधमा अनेरास्ववियुले मंगलबार त्रिवि डिन कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
डिन कार्यालयले आंगिक क्याम्पसहरुले लिन पाउने शुल्क वृद्धि गरेको हो । २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पु¥याइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू अध्यक्ष विराज अर्यालले जानकारी दिए । शुल्क वृद्धिको स्ववियू, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।
अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छ्न । वृद्धि भएको शुल्क आगामी शैक्षिकसत्र देखि यी क्याम्पसमा लागु हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरु घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो । विद्यार्थीले भने शुल्क वृद्धि फिर्ताको माग राख्दै आन्दोलन थालेका छन् ।
इन्जिनियरिङका निजी क्याम्पसहरुले भने मनोमानी रुपमा शुल्क लिँदै आएका छन् । डिन कार्यालयले निजीतर्फ अधिकत्तम शुल्कको सिलिङ तोकिन्छ । त्यसकै आधारमा निजीले फरक÷फरक शुल्क लिन्छन् । स्ववियू अध्यक्ष अर्यालले शुल्क वृद्धि फिर्ता हुने पर्ने माग गरे । ‘स्ववियूको शुल्क वृद्धि मान्य हुँदैन, आंगिक क्याम्पसको दायित्त्व सरकारले लिनुपर्छ,’ उनले भने ।
केमिकल र एरोस्पेस इन्जिनियरिङको शुल्क यसअघि नै ६ लाख तोकिएको थियो । हाल आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलोक्ट्रोनिक, मेकानिकल, ओटोमोबाइल, एग्रिकल्चर, जियोमेट्रिक्स, इन्डस्ट्रियल इन्जिरियरिङ तर्कको शुल्क वृद्धि गरिएको हो । केमिकल र एरोस्पेस इन्जिनियिरिङमा समेत वृद्धि भएको नयाँ शुल्क लागू हुने जनाइएको छ । आईओईले साउन २५ गतेको निर्णयअनुसार २०५३ सालपछि शुल्क वृद्धि गरिएको जनाएको छ ।