Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कामपा प्रमुख शाह र नेपालकालागि श्रीलंकाका राजदूत पाथिरानाबीच पर्यटन प्रवद्र्धनका विषयमा छलफल


कामपा प्रमुख शाह र नेपालकालागि श्रीलंकाका राजदूत पाथिरानाबीच पर्यटन प्रवद्र्धनका विषयमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाबीच भेट भएको छ । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाइ लगाएतका विषयमा कुराकानी भएको थियो । प्रमुख शाहले, सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगर बिचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने बताए ।

प्रमुख शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय विमान सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । उनले श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका थिए ।

भेटमा राजदूत पाथिरानाले, महानगरपालिकाले गएको वैशाख÷जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गरेका थिए । वुद्ध कालदेखि नेपाल र श्रीलंका बिच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे ।