Sunday, November 02, 2025

२०८२ कार्तिक १७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

थप १० नयाँ ब्रोकरले यसै साताबाट कारोबार सुरु गर्दै


थप १० नयाँ ब्रोकरले यसै साताबाट कारोबार सुरु गर्दै

काठमाडौं, भदौ ४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत थप ११ वटा ब्रोकरले कारोबार सुरु गर्ने भएका छन्। नेप्सेका अनुसार उनीहरूले नियमित कारोबार सुरु गर्नु भन्दा अघिको मक कारोबार सोमबार सकाउँदै छन्। नेप्से सुपरिवेक्षण विभाग प्रमुख गिरिराज दाहालले मेरो लगानीसँग भने। उनका अनुसार नेप्सेको सदस्यता पाए लगत्तै उनीहरुले सडिएससीको सदस्यता लिनु पर्छ।

त्यसपछि उनीहरूले कारोबार थाल्ने छन्। यसै साता कारोबार थाल्नेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे, सेक्युरिटिज,कलश स्टक मार्केट र नबिल सेक्युरिटिज छन्। यस अघि नै सात ब्रोकरले असार अन्तिमबाट कारोबार सुरु गरिसकेका छन्।

भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयर प्रो सेक्युरिटी र प्रोपर्टि विजार्डले कारोबार सुरु गरिसकेका छन्। नेप्सेले थप १० वटा ब्रोकरको प्रविधि र स्थानको निरीक्षण गरिसकेको छ। उनीहरूलाई मक ट्रेडिङमा लैजाने तयारी भइरहेको नेप्सेले बताएको छ।