Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ विकास बैंकले सम्पूर्ण ग्राहकका लागि ल्यायो नयाँ सुविधा


मुक्तिनाथ विकास बैंकले सम्पूर्ण  ग्राहकका लागि ल्यायो नयाँ सुविधा

काठमाडौं, असोज २। मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ।यो सम्झौताबमोजिमका सुविधाहरु मुक्तिनाथ सेयरधनी बचत खाता खोल्ने ग्राहकहरुले पाउने बैंकले बताएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीले मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र तोकिएका सेयर ब्रोकर कम्पनीहरुले दिने विभिन्न सेवा सुविधाहरु पाउने भएका छन्। नयाँ व्यवस्था अनुसार मुक्तिनाथ सेयरधनी बचत खाता न्यूनतम मौजदात १०० मा खोल्न सकिन्छ।

यसैगरी, निःशुल्क कनेक्ट आइपिएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग तथा मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो व्यवस्थापन सेवामा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाइने छ।