काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । ‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ उनले प्रश्न गरे । लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन् ।
मिटरब्याज पीडितको समस्या तत्काल समाधान गरौंःसांसद योगेश भट्टराई [भिडिओ सहित]