Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

मिटरब्याज पीडितहरुले सिंहदरबार परिसरमा न्याय मार्च गर्दै


मिटरब्याज पीडितहरुले सिंहदरबार परिसरमा न्याय मार्च गर्दै

काठमाडौं । मिटरब्याज पीडितहरुले आज सिंहदरबार परिसरमा न्याय मार्च गर्ने भएका छन् । बिहानै देखिनै सो क्षेत्रमा उनिहरुले न्याय मार्च गर्ने तयारी गरेका छन् । मार्चमा एक हजार बढी पीडित सहभागी हुनेछन् ।

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोलीले ६ सय किलोमिटर र पश्चिमबाट आएको टोलीले ७ सय किलोमिटर २३ दिनमा पार गरेर काठमाडौं आइपुगेको हो ।

सिंदरबारसम्म पुगेर न्याय मार्चलाई कोणसभामा परिणत गर्ने उनिहरुको तयारी छ । सरकारसँग वार्ता भएर सहमति नहुञ्जेलसम्म आन्दोलन जारी रहने उनिहरुको भनाई छ ।