Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्जबाट ७६ कार्टुन भेप बरामद


वीरगन्जबाट ७६ कार्टुन भेप बरामद

काठमाडौं । पर्सा प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा भन्सार छली गरी भण्डारण गरिएको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा छापा मार्दा उनको घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डि ३, २५००० ब्रान्डको भेप बरामद गरेको हो ।

७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको प्रहरी जनाएको छ । बरामद भएको भेपको मूल्य करिब चार करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ । भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।