Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी चयन


नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी चयन

काठमाडौं । नेपाल कुरियर सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दीपेश) चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न २९ औं वार्षिक साधारणसभामा भएको कार्यकारिणी समिति निर्वाचनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन् ।

सुवेदीको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सञ्जय मण्डल, तीलराज खतिवडा र महासचिवमा राजकुमार सामरी चयन भएका छन् ।

सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल र सहकोषाध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । कार्य समिति सदस्यहरुमा निर्मल राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, शौरभ मैनाली, निशा आचार्य र रणदीपजंग रायमाझी चयन भएका छन् ।

कार्य समितिमा प्रदेशगत आधारमा कोशीबाट सुरज कोइराला, मधेशबाट सञ्जयकुमार पटेल, बागमतीबाट विनोदकुमार पाख्रिन, गण्डकीबाट दीपक आचार्य, लुम्बिनीबाट दीपेन्द्र अर्याल, कर्णालीबाट लक्ष्मीप्रसाद आचार्य र सुदूरपश्चिमबाट नवराज भट्ट चयन भएका छन् ।