काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत cभएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ । बर्दघाट नगरपालिका—४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै करिब ४ सय मिटर सडक भास्सिएको छ ।
सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।