Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चेम्बर अफ कमर्सको आयोजनामा सातौँ ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु


चेम्बर अफ कमर्सको आयोजनामा सातौँ ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरे ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । घर—जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन् ।


एक्स्पोलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए । ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडी बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन, एक्सोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने । कृषि, हस्तकला लगायत स्थानीयस्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लको भनाइ छ ।

कार्यक्रमको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उनकोे भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको व्यापार तथा निकासी प्रवर्दन केन्द्र सँगको सहकार्यमा चेम्बर एक्स्पो सुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल छन । आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन् ।