Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

प्रधानमन्त्री दाहालद्धारा नारायणीमा बन्नेःसिग्नेचर ब्रिजको शिलान्यास


प्रधानमन्त्री दाहालद्धारा नारायणीमा बन्नेःसिग्नेचर ब्रिजको शिलान्यास

काठमाडौं । नवलपरासी पूर्व — प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् । पूर्व—पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ ।

त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत पनि उपस्थित थिए । आगामी तीन वर्षभित्र अत्याधुनिक सिग्नेचर पुल निर्माण हुने पुल महाशाखाले जनाएको छ । ४ सय २० मिटर लम्बाइको सो पुल दुई खम्बे हुनेछ भने चौडाइ १२ मिटर हुनेछ । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ । पुल निर्माणका लागि कुल १ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान   छ ।