काठमाडौं । साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले वृद्धि भएको छ तर कारोबार रकम भने ह्वात्तै घटेको छ । साताको पहिलो दिन उच्च अंकले गिरावट भएको शेयर बजार आज सामान्य अंकले वृद्धि भएको हो । सोमबार नेप्से परिसूचक ४।२६ अंकले बढेर १९६९।१८ बिन्दुमा कायम भएको छ ।
यसदिन बजारमा २८ लाख ७४ हजार २७५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम हवात्तै घटेको छ ।
इमर्जिङ नेपाल लिमिटेड, थ्रि स्टार हाइड्रोपावर र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने सुभम पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारका आधारमा रिलाइबल नेपाल लाईफ इन्स्योरेन्स ९ करोड ३८ लाख रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।