Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारसंग १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात


सरकारसंग १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात

काठमाडौं, भदौ १८ । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको बताएको छ । उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल रहेको बताए । उनले सुगम जिल्लामा ४४ हजार ६ सय ८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार ४८२ क्विन्टल चामल मौज्दात रहेको बताए ।

त्यस्तै बोलपत्र माध्यमबाट खुला बजारमा प्राप्त भइरहेको चामल ७२ हजार ६८४ क्विन्टल गरी जम्मा १ लाख ३१ हजार ८४९ क्विन्टल चामल मौज्दात रहेको उनले जानकारी दिए । धान मौज्दात ४ हजार ६ सय ३२ क्विन्टल, भारतबाट आयात कोटा अन्तर्गत प्राप्त हुने गहुँ ३४ हजार ३२० क्विन्टल गरी कुल १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रहेको उनले बताए । उनका अनुसार मौज्दात रहेको खाद्यान्नबाट ३ महिनासम्मको आवश्यकताको परिपूर्ति हुनेछ ।

भारतीय सरकारलाई १० लाख टन धान, १ लाख टन चामल र ५० हजार मेट्रिक टन चिनी नेपालमा पठाउनका लागि पत्राचार गरिएको र छिट्टै नै सो खाद्यान्न आउने उनले बताए । नेपाल आयल निगमको ६९ हजार १९२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात क्षमता रहेकोमा हाल ५१ हजार ५५७ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको बताए। डिजेल ८ दिन, पेट्रोल ५ दिन र हवाइ इन्धन १३ दिनलाई धान्न सक्ने अवस्थामा रहेको सचिव मरासिनीले बताए । खाना पकाउने एलपी ग्यास निजी क्षेत्रको भण्डारण क्षमताले करिव ७ दिनलाई पुग्ने अवस्था रहेको मरासिनीले बताएका छन् ।