Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महानगर प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार पोख्रेल न्यायको माग गर्दै ६ दिनदेखि अनशनमा(भिडिओ सहित)


महानगर प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार पोख्रेल न्यायको माग गर्दै ६ दिनदेखि अनशनमा(भिडिओ सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार न्यायको माग गर्दै ६ दिनदेखि अनशन बसेका छन् । काठमाडौंको सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा प्राणमञ्च मासिकका प्रधानसम्पादक पदमप्रसाद पोख्रेल कुटिएका थिए ।

अहिले न्यायका लागि पत्रकारहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृहमा रिले अनशनमा बसेका छन् । पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको माग गर्दै आएका छन् । गत सोमबारबाट महानगर प्रमुख बालेन्द्र शाहको कार्यकक्ष रहेको राष्ट्रिय सभागृहको मूलगेटमा अनशन बस्दा पनि महानगरपालिका बेखबर रहनु र नेपाल पत्रकार महासंघले पनि उदासीनता देखाउनु निकै दुःखद् भएको पीडित पदम पोख्रेलले गुनासो छ ।