Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा साढे ३४ अंकको गिरावट, पौने २९ अर्बको कारोबार


नेप्सेमा साढे ३४ अंकको गिरावट, पौने २९ अर्बको कारोबार

काठमाडौँ । निरन्तर उकालो लागेको नेप्से आज भने गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.४७ अंकले घटेको हो । अघिल्लो कारोबार दिनको तुलनामा १.१४ प्रतिशतले घटेर समग्र नेप्से परिसूचक २ हजार ९ सय ६६.३३ विन्दुमा ओर्लेको छ । गत मंगलबार ८.१८ अंकले घटेको नेप्से बुधबार र बिहीबार क्रमशः ३४ र ४३ अंकले बढेका थिए । आइतबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटाको घटे । ३ लाख ९ सय १८ वटा कारोबारबाट ६ करोड ५४ लाख ७५ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, सामुहिक लगानी कोष र निर्जीवन बिमा बाहेक सबैको परिसूचक घटे ।